आगालागीबाट सप्तरीमा तीन घर जलेर नष्ट



सप्तरी
सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा बुधबार बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।स्थानीय देवनारायण साहको वडा नं ७ मा रहेको घरबाट अचानक सल्केको आगोले उनको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँका छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक÷एक घर जलेर नष्ट भएका इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।


आगलागी भने गाईगोठमा बालेको आगोबाट भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत करीब रु १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी भएको ठाउँमा पीडितका लागि तत्काल राहत दिनका लागि चिउरा, भुजिया, भुजा तथा त्रिपाल सहयोगका लागि गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button