स्वचालित पेस्तोल बोकेर हिँडेका २ जना धनुषाबाट पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषा प्रहरीले स्वचालित पेस्तोल बोकेर हिँडेका २ जनालाई मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय दिपेश महतो र सोही गाउँका १९ वर्षीय शुभकेश महतो रहेका छन ।
उनिहरुलाई हतियार बोकेर हिँडेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनामाथी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button