विप्लवका कोसी व्यूरो सदस्यले गरे आत्मसमर्पण



मेरो प्रदेश सम्वाददाता
कोशी
नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका कोशी व्यूरो सदस्य, संघर्ष उप नाम भएका अमर परियारले जिल्ला प्रशासन कार्यालय धनकुटामा आत्मसमर्पण गरेका छन्। धनकुटाको पाख्रीवास नगरपालिका १ सान्ने घर भएका परियार २०६१ सालदेखि राजनीतिमा सक्रिय थिए। उनी नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी हुँदै विप्लव नेतृत्वको बिद्रोही नेकपामा सक्रिय हुँदै आएका थिए । उनी दोस्रो संविधानसभाको निर्वाचनमा बम विस्फोट गराएको आरोपमा पाँचथरको फाल्गुनन्दबाट गिरफ्तार भई छुटेका हुन । उनले यही पुस २४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै बिद्रोही नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी जिल्ला प्रशासन कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन्। उनी २ हजार ७५ पौष महिनादेखि नै पार्टीको सम्पर्कमा नआए पनि पुस २४ गतेदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकोयनको भनाई छ । यसैगरी धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले परियार अब पार्टीमा आबद्ध नरही आत्मसमर्पण गरेकाले उनलाई धरपकड नहुने र परियारले स्वेच्छा अनुसार नेपालको संविधान र प्रचलित ऐन कानुन मान्छु, राज्यले बोलाएको बेला उपस्थित हुन्छु, स्वतन्त्र जीवन बिताउँछु भनेर कागज गरेर गएकाले अब प्रशासनले कुनै धरपकड नगर्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button