प्रदेश नम्बर २ को प्रदेशसभा बैठक अनिश्चितकालकालागी स्थगित



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पुसको १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसदले अवरुद्ध गरेका थिए । गत आर्थिक वर्षमा सन्चाति योजनाहरुको भुक्तानी दिनुपर्ने माग गर्दै दुई दिन संसद अवरुद्ध गरिएपछि पुसको १७ गतेका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।


त्यसपछि २४ गते बस्ने भनिएकोमा उक्त दिन पनि स्थगित गर्दै २८ गते सोमबारका लागि निर्धारण गरिएको थियो । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अब अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत भदौ ५ गते सत्तासिन समाजवादी र राजपाले प्रदेशको नाम ‘मधेश’, प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव पेश गरेका थिए । लगातार प्रदेशसभा बैठक अवरुद्ध हुँदा यो विषय अन्योलमा पर्दै गएको छ ।

अन्य ४ वटा प्रदेशले नाम र राजधानीको टुंगो लगाएपनि प्रदेश २ ले भने अझैसम्म टुंग्याउन सकेको छैन । प्रदेशसभाको बैठक अन्यौल भएसँगै प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ । यसका साथै प्रदेशसभामा दर्ता भएका विधेयक माथिको छलफलसमेत अवरुद्ध भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button