रौतहटमा भएको ट्रयाक्टर दुर्घटनामा तिनजनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा एकैदिन छुट्टाछुट्टै स्थानमा ट्याक्टरले ठक्कर दिदाँ तिन जनाको ज्यान गएको छ ।
बृन्दावन नपा–७ धमौरास्थित गौर चपुर सडकखण्डमा आलु लोडगरी हर्षाहातर्फ गइरहेको ना७च ६१६९ नम्बरको ट्याक्टरले पैदलयात्रु देवाही गोनाही नपा–४ की ३५ वर्षीया मिरादेवीलाई किच्दा उपचारको क्रममा मिरादेवीको वीरगञ्जस्थित ज्यान गएको छ ।
ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कटहरिया नपा–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा उखु लिएर गएको ना १ त ४१४० नम्बरको ट्याक्टरले गएराती किच्दा एकजना बेवारिसे पुरुषको ज्यान गएको छ ।
ट्याक्टर चालक भने फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोक नजिकै ना५त ९२६७ नम्बरको ट्याक्टरले ना४८प ५७६ नम्बरको मोटरसाइकललाई बिहिवार साँझ ठक्कर दिँदा मोटरसाइकल पछाडी बसेका माधव नारायण नपा–६ माधोपुरका ४५ वर्षीय रामअधार ठाकुरको ज्यान गएको हो ।
ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक सोही ठाँउका २२ वर्षीय सुशील ठाकुरको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button