प्रदेश २ सरकारले योबर्षको शहीद दिवस वीरगन्जमा मनाउने



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माघ ५ गते शहीद दिवस भव्यताका साथ पर्साको वीरगन्जमा मनाउने निर्णय गरेको छ । कार्यक्रममा मधेश आन्दोलनका शहीद परिवार एवं घाइतेलाई सम्मान गर्ने पनि उनले बताए। २०६३ माघ ५ गते लहानमा मधेस आन्दोलनका क्रममा रमेश महतो शहीद भएपछि मधेसभर आन्दोलन चर्चेको थियो। लहानमा तत्कालीन माओवादीका कार्यकर्ताले चलाएको गोली लागेर विद्यार्थी महतोको मृत्यु भएको थियो।
शहीद दिवसको समारोहमा विभिन्न शीर्ष नेताको समेत उपस्थिति रहनेछ। मधेस आन्दोलनका पहिलो शहीद रमेश महतो भएका कारण लहानमा हरेक वर्ष मधेसवादी दलले विशेष समारोह गरी शहीद दिवस मनाए पनि यसवर्ष प्रदेश सरकारले वीरगन्जमा मनाउने भएको छ। दिवसको अवसरमा मधेस आन्दोलनका शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग प्रदान गनुका साथै सम्मान समेतगर्ने कार्यक्रम रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button