किर्ते कागज बनाई चर्काे ब्याज असुलीगर्ने सर्लाहीका रामबाबु राय यादव पक्राउ



मेरो प्रदेश सम्वाददाता
सर्लाही
ऋण लगानी गर्दा किर्ते कागज बनाई ठगी गरेको आरोपमा सर्लाही बरहथवाका रामबाबु राय यादव पक्राउ परेका छन् ।
वुधवार बिहान उनलाई सर्लाहीको हरिपुरबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । यादबलाई अनुसन्धानर्का जिल्ला प्रहरी कार्यालय मलङ्गवा ल्याइएको प्रहरी उपरीक्षक पोखरेलले बताए यादवसँग ऋण लिएका पीडितहरून्याय माग्दै काठमाण्डौं पुगेको र प्रहरी महा निरीक्षक सर्बेन्द्र खनाल र महान्यायधि बक्ता आग्नी खरेल, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, गृह सचिव पे्रमकुमार राई, लगायत लाई भेटेर पिडा पोखेको भोलि पल्टै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ऋण लगानी गर्दा चर्को ब्याज असुल गरेको, ऋण बुझाई सक्दा पनि कपाली तमसुक नच्यातेको, फिर्ता नगरेको, ऋण लिँदा दृष्टीबन्धक राखेको जग्गा आफू खुशी बिक्री गरेको जस्ता गुनासो बोकेर ५० जना भन्दा बढी पीडित राजधानी काठमाडौं पुगेका छन् ।
सर्लाही ब्रह्मपुरीका सञ्जय साह रौनियारबाट पीडित भएकाहरू पनि न्याय माग्दै काठमाडौं पुगेका छन् । सर्लाहीका श्याम परदेशी लगायत पीडितहरु न्याय माग्दै काठमाडौं पुगेको एक महिनापछि रामबाबु राय यादव र सञ्जय साह रौनियारबाट पीडितहरु पनि सङ्घीय राजधानी नै पुगेका थिए ।
पीडितको उजुरीका आधारमा सर्लाही मलङ्गवा निवासी किर्ते कागज बनाई ब्याज असुली गर्ने श्याम परदेशी अहिले पूर्पक्षका लागि थुनामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button