बसले रोकिराखेको ट्रकलाई ठक्कर दिदा एक जनाको मुत्यु १८ जना घाइते



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ५ स्थित टुटेश्वर चोकमा मंगलवार बिहान बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ट्रकमा काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको ना ५ ख ६४११ नम्बरको गंगोत्री बस ना ४ ख९८१३ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनामा परी
मनरासिस्वा नगरपालिका १० बस्ने नेपाली काँग्रेस महोतरीका महासमिति सदस्य ललन कुमार रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका रायलाई उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मुत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ५ बजे उखु लोड गरेको ट्रकमा बस अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइते मध्ये ११ जनाको अवस्था गम्भिर छ । घाइते हुनेहरुको बर्दिबासमा रहेका जनसेवा, सीटी केयर अस्पताल र शुभ स्वस्तिक अस्पतालमा उपचार भईरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button