कर्मचारी अभाबमा राजस्व प्रभाबित लक्ष्य अनुसार उठन सकेन

मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरी भन्सार कार्यालयमा कर्मचारीको अभावले राजस्व असुली प्रभावित भएको छ ।
जिल्लाको एक मात्र भन्सार कार्यालये सिमावर्ती क्षेत्र तिलाठी–कोइलाडी गाउँपालिका वडा नम्बर १ मारहेको राजविराज भन्सार कार्यालयमा राजस्व असुली लक्ष्यभन्दा धेरै कम हुँदै गएको छ ।
चालू आर्थिक बर्षमा रु १० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको यो कार्यालयले आर्थिक बर्षको ६ महिना बित्नै लाग्दा ३ करोड ५० लाख मात्रै राजस्व उठाएको छ । भन्सार कार्यालयले कर्मचारी अभावमा नियमित गस्ती गर्न नसक्दा राजस्व घटेको भन्सार भन्सार अधिकृत अभिषेक कण्ठ बताउँछन् ।
खुल्ला सिमानो र भारतबाट बिभिन्न नाका प्रयोग गरी सामान चोरी निकासी गरेर ल्याउने क्रम बढेकाले पनि राजस्वमा गिराबट आएकादेखिएको छ । कर्मचारीको
भन्सार कार्यालयमा कुल २२ जना कर्मचारीहरुको दरबन्दी भएपनी हाल कार्यर्त १६ जना मात्रै छन् । कार्यालयमा ४ जना नायव सुब्बाको दरबन्दी रहेकोमा एक जना मात्रै काम चलाउनु परेको छ । पछिल्लो अढाई वर्ष यता कार्यालयमा लेखापाल नहुँदा
झण्डै ४ वर्ष देखी लिलामी प्रक्रिया समेत रोकिएको अधिकृत कण्ठले बताए ।
यसबाहेक कर्मचारी नहुँदा मुद्दाको चाप बढेको मुद्दा फाँटका नायब सुब्बा श्याम कुमार साहले बताए । ‘लेखापाल नहुँदा कार्यरत कर्मचारीहरुले तलब समेत खान पाएका छैनन’ अधिकृत कण्ठले भने ।
उनले ‘भन्सार विभागका महानिर्देशकलाई भेटेरै कर्मचारी अभावको समस्या सुनाएको छु’ उनले भने, “तर यो जानकारी गराउँदा समेत यहाँ कार्यरत रहेका मध्येबाट समेत दुई जनालाई सरुवाको पत्र पठाइदिएपछि कामकाज धेरै नै प्रभावित रहेको छ ।”
कर्मचारी अभावले सर्वसाधारण समेत पीडित बनिरहेको अवस्था छ । मुद्दा फैसला भइसक्दा समेत सर्वसाधारणले पाउनुपर्ने धरौटि फिर्ता पाउन सकेका छैनन् ।
राजविराज भन्सार कार्यालयको मातहतमा अन्य ६ वटा छोटी भन्सार कार्यालहरु रहेको छ । तर सबैमा कर्मचारी अभाव छ । कर्मचारी अभावकै कारण तीन वटा छोटी भन्सार मात्रै संचालनमा छ ।