जनकपुरधाममा टिपरको ठक्करले एक महिलाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
जनकपुरधाममा टिपरको ठक्करले एक महिलाको मृत्यु भएको छ। म्ृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका(६ बस्ने ४५ वर्षीया सुधादेवी ठाकुर रहेकी छिन । ठाकुर मन्दिरमा पूजा गरेर फर्किँदै गर्दा शनिबार दिउसो ना. १ क ४५०९ नम्बरको टिपरले
जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिकै ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारकोलागी जानकी हेल्थ केयर सेन्टरमा लगीएको थियो त्याहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेकोबताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button