सिरहाबाट लागुऔषध सहित एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहाको बरियारपट्टीबाट सशस्त्र प्रहरीको टोलीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका ११ निवासी २६ वर्षीय उदय नारायण चौधरी रहेका छन । चौधरी स१०प ७१५३ नम्बरको मोटरसाकलमा भारतीय बजारबाट नेपालको बरियारपट्टीतर्फ आउने क्रममा
सशस्त्र प्रहरी वेश क्याम्प बाट खटिएको गस्ती टोलीको चेकजाँचमा परी पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।
चौधरीको साथबाट लागुऔषध फेनारगन २५४ पिस, डाइजिल्याप २५५ पिस र नोफिन २५२ पिस बरामद भएको सशस्त्र प्रहरी बेस क्याम्प बरियारपट्टीका प्रहरी निरीक्षक कुमार तिम्लिसिनाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button