महोत्तरीमा मदरसाका विद्यार्थीलाई कम्बल वितरण



मेरो प्रदेश सम्वाददाता


महोत्तरी

नेपाल रेडक्रस सोसाइटी महेत्तरीको सहकार्यमा सदरमुकाम जलेश्वरमा रहेको दारुल उलुम कदरिया रसिदिया मदरसाका आवासीय विद्यार्थीलाई कम्बल वितरण गरिएको छ । विद्यार्थीलाई ५० थान कम्बल, चार थान त्रिपाल र सात थान म्याट वितरण गरेको हो ।

मदरसाको अनुगमन गर्न गएका महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री नेतृत्वको टोलीले मदरसाका विद्यार्थीलाई सो कम्बल बितरण गरेका हुन । कम्बल बितरणमा नेपाली कांग्रेसका नेता बजरंग नेपालीले पनि २५ थान कम्बल उपलब्ध गराएका थिए ।

अनुगमन टोलीले मदरसाको भौतिक संरचना सुधारका लागि नगरपालिकासँग सहकार्य गर्न सुझाव दिइएको छ । अनुगमन टोलीले एउटै कोठामा ३० देखि ३५ जनासम्म विद्यार्थी कोचिएर बसेको भेटेपछि तत्काल सुधारका लागि निर्देशनसमेत दिएको छ ।

सुझबका क्रममा अधिकारी खत्रीले बालबालिका तनावरहित वातावरणमा पठनपाठन गर्न पाउनु बालअधिकार भएकाले मदरसाको भौतिक सुधार भए÷नभएको कुरामा पटक पटक अनुगमन गरिने बताए । मदरसामा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका बालबालिका अध्यन गरीरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button