प्रदेश २ को प्रदेशसभा बैठक आईतबार बस्दै



मेरो प्रदेश सम्वाददाता
जनकपुरधाम
प्रदेश नम्वर २ को प्रदेशसभा बैठक आईतवार झण्डै डेढ् महिनापछि बस्ने भएको छ । गत कात्तिक २९ गते बसेको बैठक लामो समयदेखि बस्न नसकोले बुधबार बसेको कार्य परामर्श समितिको बैठकले आगामी पुस १३ गते आईतबार बैठक बस्ने निर्णय गरेको हो ।


यस अघि बैठक बिहीबारै बस्ने भनिएपनी त्यस दिन सूर्य ग्रहण लाग्ने भएकाले बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।
लामो समयदेखि बैठक बस्न नसक्दा सांसदहरु पनी फुर्स्दिला जस्ता भएका छन । बैठक समयमा नबस्दा प्रदेशको कामकार्वाही, कानून बनाउने बिभिन्न बिषयवस्तु भित्रको छलफल प्रदेश भित्रका समस्याहरु उत्थान, समाधान लगायतका महत्वपुर्ण कामहरु राकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button