सरसफाई महाअभियानका लागी नगरपालिकाको २ करोड !



मेरो प्रदेश सम्वाददाता, सरसफाई महाअभियानले १ सय दिन पार गरेको अवसरमा बर्दिवास सरसफाई तथा फोहोरमैला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । महोत्तरीको बर्दिवास स्थित शोभा गेष्ट हाउसको सभाहलमा भएको कार्यक्रममा सरसफाई महा अभियानलाई अझै बिस्तारित रुपमा संचालन गर्नकालागी आगामी योजना तथा कार्यक्रमका विषयमा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले सरसफाई महाअभियानलाई पुर्णता दिनका लागी नगरपालिकाले ठाउँ ठाउँमा सि सि क्यामेरा राख्ने, सडकको दुवै किनारामा गमला राख्ने, जथाभावि फोहोर फाल्नेलाई कारवाही गर्ने तथा अभियानलाई वडागत रुपमा सञ्चालन गर्दै १४ वटै वडामा सरसफाई महा अभियान सञ्चालन गर्ने बताए । साथै उप्रेतीले सरसफाई महाअभियानका लागी नगरपालिकाले २ करोड रुपैँया बजेट बिनियोजन गरेको बताउँदै वेष्ट म्यानेजमेन्ट अन्तर्गत फोहोरलाई पुन प्रयोगमा ल्याउन मिल्ने गरी ६ नं. वडामा रिकभरी सेन्टर निर्माण गरिने समेत बताए ।
सार्वजनि सौचालयका विषयमा देखिएका समस्या, सार्वजनिक सौचालयको अभाव तथा त्यस बाट देखिएका समस्याको बारेमा आएको गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर विदुर कुमार कार्कीले सार्वजनिक सौचालय निर्माणका लागी जग्गा अभाव रहेको बताउँदै जति सक्दो चाँडो यो समस्याको समाधान गर्न नगरपालिका कृयाशिल रहेको तथा हाल संचालनमा रहेका सौचालयलाई व्यवस्थित बनाउने बताए ।


कार्यक्रममा बोल्दै सरसफाई महाअभियानका अध्यक्ष चुडामणि पोखरेलले दैनिक रुपमा सञ्चालन गरिँदै आएको सरसफाई कार्यक्रमलाई साप्ताहिक रुपमा सञ्चालन गरिने बताउँदै अभियान संचालनका क्रममा कुनै समस्या तथा चुनौती देखा परे नगरपलिका संग सहकार्य गरेर अगाडी बढ्ने बताए । साथै सरसफाईका क्रममा मुख्य चुनौतिका रुपमा देखा परेका प्लाष्टिक जन्य पदार्थ देखा परेको बताउँदै बर्दिवास क्षेत्र भित्र यस्ता पदार्थ बिक्री बितरणमा प्रतिबन्ध गरिने समेत बताए ।

सम्मेलन समापनका क्रममा बोल्दै प्रदेश २ का सांसद शारदा थापाले अभियानले १ सय दिन पार गरिसक्दा पनि फोहोर भेटिनु दुखदायि भएको बताउँदै यस भन्दा अगाडी भएका सरसफई अभियान बजेट अभावमा सफल हुन नसकेको बताउँदै आगामी दिनमा यस्ता समस्याका विषयमा नगरपालिका तथा समिति समयमै सचेत हुनु पर्ने बताउनुभयो । साथै सांसद थापाले सरसफाई अभियान दिमागी सफाई बाट हुनु पर्ने बताउँदै भिजिट नेपाल २०२० लाई सफल पार्नकालागी सबैमा आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button