नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता रोहित ढकाल पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
मंसिर २७ गते शुक्रबार मध्य रातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भएको बम काण्डमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता रोहित ढकाल पक्राउ परेका छन् ।


जनकपुर इञ्चार्ज ढकाललाई प्रहरीले बिहीबार साँझ जनकपुरको बजार क्षेत्रबाटै पक्राउ गरेको छ । बमकाण्डको अनुसन्धान गर्न गठित प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको टोलीले ढकाललाई पक्राउ गरेको हो । सिन्धुली स्थायी घर भएका ढकालमाथि प्रहरीले अनुसन्धान थालेको बताईएको छ । आफुलाई पत्रकार भन्दैे जनकपुर आएका उनिमाथी प्रहरीले केहीदिनदेखि निगरानी राखेको थियो।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहाल र स्थानीय बाबु–छोराको ज्यान लिनेगरी भएको बम विस्फोट घटनामा विप्लव समूहको संलग्नता रहेका सुरक्षा निकायले निष्कर्ष निकालेको छ। विस्फोट भएलगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेकामध्ये धनुषाको मिथिला विहारी नगरपालिका–१ बस्ने रामसोभित पासवान विप्लव समूहसँग आवद्ध रहेको पुष्टि भएको छ। उनी पक्राउ परेपछि विप्लव समूहलाई लक्षित गरेर बमकाण्डको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button