नेपाली सेनाको बृहत् स्वास्थ्य शिविरमा लक्ष्य भन्दा बढीको उपचार हुदै



धर्मेन्द्र कुमार यादव
महोत्तरी पौष १
नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर महोत्तरीको सोनमा गाउपालिका ३ मा रहेको उच्च माध्यमिक विद्यालय खखनामा शुक्रवार देखि सुरु भएको छ । शिविरले लक्ष्य भन्दा बढी बिरामीको उपचार गरीरहेको छ । दश दिनसम्म सञ्चालन हुने उक्त शिविरको पहिलो दिन १ हजार ६ सय ९९ जनाले उपचार गराएका थिए । त्यस्तै मंसिर २८ गते २ हजार८१, २९ गते २ हजार२ सय७ र ३० गते २ हजार ५सय ५१ जना बिरामीले उपचार सेवा पाएका थिए । बिहान ८ बजे बाट सुरु हुने शिविरमा बिरामी हरु ६ बजे देखि नै लाइनमा बस्ने हुँदा बिरामीहरु घण्टौ कुरेर उपचार गराइ रहेको छन ।
टाढा टाढा बाट बिरामी आइरहेको कारन शिविरमा डाक्टर र समय थपिएको छ । बिहान ८ बजे देखी सञ्चालन हुने भनिएको शिविरमा बिरमीको चाप देखेर अहिले ७ बजे बाटै सुरु गरिएकोछ,। १० दिनमा २० हजार बिरामी लाई उपचार गर्ने लक्ष्य लिएको सेनाको शिविरले ३० हजार बिरामीको उपचार गर्ने अनुमान गरिएको सोनमा गाउपालिकाका प्रवाक्ता अशोक कुमार यादवले बतए । यसैगरी
सोमबार स्वास्थ्य शिविरको अनुगमनको क्रममा पत्रकारसँग कुराकानी गर्दै महारथी पूर्णचन्द्र थापाले विगतको समयमा नेपाली सेनाले देशको रक्षाका लागि अहम् भूमिका खेलेको बताएका छन । थापाले हरेक पक्षले सकारात्मक सहयोग गरे नेपाली सेनाले गाउँ पालिकामा रंगशाला पनि निर्माण गर्ने बताए । त्यही अवसरमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले महारथी थापालाई मायाको चिनो प्रदान प्रदान गरेका थिए । शिविरको आर्थिक व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,प्रतिनिधी सभा सदस्य तथा पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको संसदिय विकाश कोषबाट गरिएको छ । स्थानिय स्तरमा गरिएको व्यवस्थापनहरु सोनमा गाउपालिकाको आर्थिक सहयोगमा भईरहेको छ । यता प्रकौली रणभिम गण जलेश्वरले समेत सोनमाको खखना र मुख्य शल्यकृया हुने स्थल जलेश्वर अस्पतालमा व्यवस्थापन र जनशक्तिप्रयोग गरेकोे छ ।


स्वास्थ्य शिविरमा पेट,छाती,मुटु,स्त्री तथा प्रसुती रोग,बाल रोग,छाला तथा यौन रोग,सर्जरी,नशा तथा हाडजोर्नीको उपचारका साथै पितथैली सम्बन्धि विभिन्न रोग,पिशाव थैली तथा किडनी,नाक,कान र घाटीको शल्यकृया तथा हर्निया,हाईड्रोशिल,बाबासिर,एपेन्डिक्स लगायतका विभिन्न शल्यकृया गरिने छ । शिविर पुष ५ गतेसम्म संचालन हुने छ । नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button