धनुषा महेन्द्रनगरको बिस्फोटमा परेका घाइतेको सम्पुर्ण उपचार खर्च सरकारले ब्यहोर्ने

मृतक लाई क्षतिपूर्ती



मेरो प्रदेश सम्वाददाता
मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरमा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पिडित परिवार लाइ आईतवार भेटेका छन् ।
टोली सहित घटना स्थल पुगेका राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने प्रतिबद्घता ब्यक्त गरेका छन । उनले मृतक परिवारलाई प्रती मृतक राहत समेत उपलब्ध गराउने बताए ।
मृतक परिवार लाई उपलब्ध गराईने रकम बारे आउदो मन्त्री परिषद्को बैठक बाट निर्णय गरिने बताए ।
टोलिमा प्रदेश सभा का सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्याय अधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सद्स्य सिघासन साह कलबार लगायतको उपस्थिती रहेको थियो ।
बम बिस्फोट को घटनामा परी शुक्रवार राती प्रहरी निरीक्षक सहित ३ जनाको ज्यान गएकोे छ भने ४ जना घाइते भएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button