वर्षाले तरकारी खेतीमा फाइदा



मेरो प्रदेश सम्वाददाता
दुई दिन आघि परेको सिमसिमे पानीले महोत्तरीको बर्दिवास नगरपालिका ९ पशुपती नगरका किसान खुशी भएका छन । हालै खेतमा लगाइएको तरकारी बालीलाई फाइदा हुने भएपछी यस भेगका किसान ठूलो पानी परे हुन्थ्यो भन्ने आशामा छन ।
महोत्तरीको बर्दिवास नगरपालिका ९ मा रहेको पशुपतीनगर उद्यम महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष तथा अगुवा कृषक लक्षमी कुमारी आलेले पानी परेर घाम लागेकाले आलु खेतीलाई निकै फाइदा पुगेको बताईन । उनले आलु उम्रिने बित्तिकै औषधि छर्दा माटोलाई समेत असर गर्ने भएकाले आलु लगाएपछि पानी परेर उम्रिएपछि घाम लागेमा आलुमा रोग समेत नलाग्ने प्रस्ट पारिन । पानी परेका कारण लसुन प्याज, काउली, बन्दालगायतका तरकारी खेतीलाई निकै फाईदा पुग्ने भएपछि यहाँका किसान खुशी भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button