सहकारीको मध्यमबाट पशु पालन गरेर महिलाहरुले गरे राम्रो आय आर्जन



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं.१० र ११ खयरमारामा सञ्चालित ज्योती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको बिहिवार अनुगमन गरीएको छ ।
संस्थामा हाल भैरहेको कामकाज र पशुपालन प्रबर्धनकालागी हेपर ईन्टरनेश्नल नेपालको सहकार्यमा जनजागरण युवा क्लब बारा र बर्दिवास नगरपालिकाले सहकारी संस्थाकोे संयुक्त अनुगमन गरेको हो । सहकारीका शेयर सदस्यहरुले सहकारी मार्फत उन्नत जातको खसी बाख्रा पालन गरेर राम्रो आय आर्जन गर्न सफल भएका छन ।
संस्थामा ९ सय ५१ जना आवद्ध रहेका शेयर सदस्यहरुले हाल सम्म खसी बाख्रा, मलखाद र सुपथ मुल्यको उपभोक्ता पसलवाट यस बषर््ाको चार महिनामा
१ लाख ५२ हजार ३ सय ४१ रुपैया ८१ पैसा आम्दानी गरेका छन । २ हजार ६८ साल देखी सञ्चालनमा आएको यस सहकारी संस्थाका सदस्यहरुले पालेको खसी बाख्रा
सहकारीको माध्यमबाट काठमाडौ चितवन लगायत देशका बिभिन्न सहरहरुमा बिक्री गरी राम्रो आय आर्जन गर्दछन । त्यस बाहेक सेयर सदस्यहरुले मल ,खाद र दैनिक उपभोगका सामानहरु संस्थाकै पसलवाट खरीद गरेर अखाद्य तथा कालाबजारी र बिचौलियावाट समेत जोजिन सफल भएका छन ।


पशु पालनको क्षेत्रमा नमुना बनेको यो सहकारीले यहाँका दर्जनौं महिलाहरुलाई रोजगार दिन सफल भएको छ । पशुपालनको आय आर्जनले उनीहरुको जिवनस्तर समेत फेरिन थालेको छ । सहकारीमा आवद्ध महिलाहरु पशुपालन र कृषिमा मात्र निर्भर नभई सामाजिक क्षेत्रमा समेत सहयोग पुर्याउदै आएका छन । उनीहरुले सीप, नेतृत्व विकास, व्यावसायिक तथा उद्यमशीलता लगायतका तालिमहरूसमेत सञ्चालन गर्दै आएका छन ।


सहकारी स्थापना गर्दा महिलाहरू घरबाट निस्केर हिँड्ने वातावरण समेत नभएका उनीहरुको नेतृत्व बिकाश हुन थालेपछी गाउँको मुहारनै फेरीन थालेको
संस्थाकी ब्यवस्थापक मिना कुमारी श्रेक्ष्ठको भनाई छ । संस्थालाई हाल पशुपालन प्रबर्धनकालागी हेपर ईन्टरनेश्नल नेपालको सहकार्यमा जनजागरण युवा क्लब बारा र बर्दिवास नगरपालिकाले बिभिन्न तालिम र सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button