सोनमा वाडा नं ८ को कार्यलयमा तालाबन्दी



धर्मेन्द्र कुमार यादव,
स्वास्थ्य चौकी राख्ने बिषयमा वडा अध्यक्ष र स्थानिय बिच बिवाद हुँदा वडा कार्यालयमा तालाबन्दि गरिएको छ । जिल्लाको सोनमा गाउँ पालिका स्थित ८ नं. वडा कार्यालयमा बुधबार तालाबन्दि गरिएको हो ।
सिहासनी भन्दा बढी जनसंख्या शिवनगरमा रहेको तथा वडा कार्यालय र स्वास्थ्य चौकी एकै ठाउमा हुदा काम गर्नमा पनि सजिलो हुने भन्दै समाजबदी पर्टीका गाउँ कमिटि अध्यक्ष गिरज यादव सहित
निवेदन दिन पुगेका स्थानियलाई वडा अध्यक्षले बेवास्ता गरे पछि कार्यालयमा ताला लगाईएको स्थानिय कपलेस्वर यादवले बताए । “हाम्रो माग सम्बोधन नभए सम्म तालाबन्दि यथावत नै रहने छ । ” यादवकको भनाई छ ।
तर स्वास्थ्य चौकीको भबनको लागि दुबै गाउको बिचमा सिलान्यास भइसकेको र केही दिनको लागी सिहासनीमा स्वास्थ्य चौकी राख्ने निर्णय वडा कार्यालयले गरिसकेको अवस्थामा केही मानिसहरुले आफ्नो स्वार्थ पूरा गर्नको लागि मात्र तालाबन्दी गरिएको वडा अध्यक्ष राजदेव यादवले बताए । उनले भने “ वडा कार्यालय शिवनगरमा छ, अब स्वास्थ्य चौकी सिहासनीमा राख्दा राम्रो हुन्छ भन्ने बिचार गरेर नै यो निर्णय गरेका हौँ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button