बर्दिवासमा पिकअप दुर्घटना, २ मृत्यु१४ घाईते !



मेरो प्रदेश सम्वाददाता, बर्दिवास नगरपालिका अन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । मृत्यु हुनेमा धनुषाधाम घर भएका सकुन्तलादेवि महतो तथा भारत जयनगर घर भएका तनिया देवि महतो रहेका छन् । घाईते मध्ये ४ जनाको अवस्था गंभिर रहेकोले थप उपचारको लागी धरान रिफर गरिएको छ भने सामान्य घाईते भएका १० जनाको बर्दिवास स्थित शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार भैरहेको छ । मंगलबार गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ गरेको ना ५ च १२२७ नम्बरको यात्रु बाहक पिकअप अनियन्त्रीत भई सडकबाट तल खसेको हो । मंगलबार राति २ बजे गढिमाइबाट धनुषा आउँदै गर्दा विपरित दिशाबाट गैरहेको ट्रकले हेडलाईट डिम नगर्दा अनियन्त्रीत भई सडकबाट तल खसेको घाईतेहरुले बताएका छन् । पिकअप चालकलाई ईलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button