महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपाका) उम्मेदवार रामबाबु नायक बिजयी



मेरो प्रदेश सम्वाददाता
बर्दिवास मंसिर १५
महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रामबाबु नायक बिजयी भएका छन् ।


नायकले २० मतले नेकपाका उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए भने नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याएका थिए ।

त्यसतै नेपाली काँग्रेसले सोहि वडामा २४ मत ल्याएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पुष्पा झाले बताइन् ।

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तीन वडाअध्यक्षको लागि चुनाव भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button