ट्रयाक्टर दुर्घटनामा परेर चालकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
ब्र्दिवास सिन्धुली सडक खण्ड अन्तरगत बिपी राजमार्गमा बुधवार बिहान ट्रयाक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका ७ घर भएका बर्ष ३० का दिनेश सिहं दनुवार रहेका छन । सिन्धुलीबट महोत्तरीको बर्दिवास आउदै गरेको ना २ त ८९३२ नम्वरको ट्रयाक्टर महोत्तरीको बर्दिवास ३ पाटुमा अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको बर्दिवास प्रहरीले जनाएको छ घटनावारे थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button