लागुऔषध सहित दुई जना पक्राउ

दिलिप कुमार सहनी
सिरहा,प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका ५ बस्ने २१ वर्षीय मुकेश कुमार र सोही ठाउँ घर भएका २५ वर्षीय संजय कुमार यादव रहेका छन ।
उनीहरु छिमेकी मुलुक भारतबाट प्रदेश २ को ०१(००१ प ३४७१ नम्बर प्लेट भएको मोटरसाइकिलमा चढी नेपाल तर्फ आउँदै थिए नेपाल आउने क्रममा सीमावर्ती क्षेत्र भगवानपुरबाट मंगलवार दिउसो जिल्ला प्रहरी कार्यालय सिरहा मातहतमा ठाड़ी चौकी बाट खटीएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट डाईलेक्स डि.सी.१५ वोतल ,डाईजेल्याब १८ पिस , प्रेमेथिन हाईड्राईड १८ पिस , नोरफिन १९ पिस र नाईट्रोभेट ३० पिस सहितका लागुऔषधहरू बरामद गरेकोे सिरहा प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको बताईएको छ ।