भारतिय धामी हत्या अभियोगमा ५ पक्राउ



रामभरोसी यादव
सिरहा, २ मंसिर – जिल्ला प्रहरी कार्यालय सिरहाले भारतीय झाँक्री हत्या अभियोगमा पक्राउ परेका पाँच जनालाई आज सोमबार सार्वजनिक गरेको छ । भारत विहार मधुवनी जिल्ला, थाना ललमनियाँँ, ग्राम बेल्हा पञ्चायत कारमेघ पश्चिम वार्ड नं. ६ का ४० वर्षिय धामी (झाँक्री) राज कुमार यादवको हत्या अभियोगमा पक्राउ परेका सिरहा कर्जन्हा नगरपालीका घरभई हाल धनगढीमाई नपा १० मा सस्दैआएका ३८ वर्षिय फूलगेन साह, धनगढीमाई नपा ११ का १९ वर्षिय रामकुमार साह, मिर्चैया नपा ४ का २० वर्षिय जितेन्द्र साह, धनुषा कमलामाई नगरपालीका ६ सखुवामडानका २५ वर्षिय अजयकुमार महतो र २१ वर्षिय राजलाल महतोलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फएत सार्वजनिक गरेको हो ।
यादवको शव कत्तिक २१ गते विहान सिरहा नपा १२ सारस्वरस्थित कमला नदीको पूर्विकिनारमा वेवारिसे अवस्थामा फेला परेको थियो । भारतीय प्रहरीको समन्वयमा उनको पहिचान खुलेको जनाएको छ ।
भारत घर भएका धामी यादव फुलगेन साहसँगको चिनाजानीमा सिरहा र धनुषामा झारफुकको काम गर्दै आएको थियो । फुलगेनसँग लेन देनसमेत रहेको यादव यसक्षेत्रमा झारफुकको नामा अनैतिक कृयाकलाप पनि गर्ने गरेकाले हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी उमाप्रसाद चतुर्वेदिले जानकारी दिनुभयो । उहाँलेभन्नुभयो, ‘घटना अनुसन्धानको क्रममा झाँक्री यादवले झारफुक गरको विरामी निकोपनि नहुने र जहाँ गायो त्यही अनैतिक व्यहार देखाउने गरेकोले हत्या सम्मको योजना बनेको देखिएको छ, हाम्रो अनुसन्धान अझै जारी छ ।’
धामी यादवले छोरीको विवाहमा फूलगेनसँग ८५ हजार सापटि लिएको र त्यो सापटि फिर्ता मागेपछि उनीहरुविच मनमोटाव भएको बताइन्छ । त्यही रकम फिर्ता मागेपछि फूलगेनकै हत्या गर्ने षडयन्त्र गरेको फूलगेनले चाल पाएपछि धामीबाट पीडितहरुलाई भेला गरी फूलगेनले नै यादवको हत्या योजना बनाएको प्रहरीको प्रहरीको भनाई छ ।
योजना अनुसार नै फुलगेनले कात्तिक २० गते लहानमा मेरो सासु विरामी छ भन्दै धामी यादवलाई बोलाई सिरहा सदरमुकाम पुर्याको प्रहरीले बताए । त्यहाँबाट विभिन्न बाहाना बनाउँदै सिरहा नपा १२ सारस्वरमा कमला नदीको पूर्वीकिनारमा पुर्याएर बेलुका ६ बजे हाराहारीमा धारिलो खुकुरी प्रहार गरी हत्या गरेको एसपी चतुर्वेदीले बताउनु भयो ।
घटना भएको भोलीपल्ट विहान ८ बजेमात्र स्थानीयले भनेपछि प्रहरी घटनास्थल पुगेका थिए । प्रहरीको अनुसन्धानबाट पहिला फुलगेन फत्राउ परेका थिए । फूलगेनकै बयानको आधारमा हत्यामा संलग्नहरुलाई पक्राउ गरेको प्रहरीले बताए । हत्या गरिसकेपछि उनीहरुले आफैले लगाएको कपडा र धामी यादवको झोलाहरु विभिन्न ठाउँमा लगेर फालेको प्रहरीले बताए । प्रहरीका अनुसार मृतक यादवको झोला धनगढीको एक पोखरीबाट बरामद गरेको जनाएको छ । हत्यामा प्रयोग भएको खुकुरीपनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार हत्यामा संलग्नरहेकाहरुको पनि धामीले झारफुक गरेको बताएको छ । उनले झारफुक गरेकाहरुको विरामी पनि निको नहुने र अनैतिक व्यवहारका कारण पनि रुष्ट भएकाले हत्यासम्मको योजना बनेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button