श्रोत नखुलेको साढे ३५ लाख नगद सहित २ जना पक्राउ



प्रदेश सम्वाददाता बारा
बाराबाट स्रोत नखुलेको ३५ लाख ५० हजार रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ झवानीका सुनिल महतोे र राजन दुबे रहेका छन । पक्राउ पर्ने दुबैजना ना २६ प १६४९ को मोटरसाईकलमा अवैध हुण्डीको पैसा लिई आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रहरीले पचरौता नगरपालिका–८ लंगडाचोकमा चेकजाँच गर्दा रकम सहित दुवैजनालाई सोमबार पक्राउ गरेको हो ।


प्रहरीले उनिहरुको साथबाट श्रोत नखुलेको ३५ लाख ५० हजार नगद बरामद गरेको छ ।
बरामद गरिएको रकममा एक हजार दरको १२ सय थान र पाँच सय दरको ४७ सय थान रुपैयाँ रहेको छ । रुपैयाँको श्रोत खुलाउन नसकेकाले दुवैजनामाथि बैंक तथा वित्तिय संस्था सम्बन्धि कसूर, २०७३ अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button