चाँडै प्रदेश १ को मन्त्रिपरिषद विस्तार हुने मन्त्री घिमिरे



प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले चाँडै प्रदेश १ को मन्त्रिपरिषद विस्तार हुने बताएका छन्। मंगलबार धनकुटामा आयोजित प्रेस संगठन धनकुटाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सोकुरा बताएका हुन । मन्त्री घिमिरेले मन्त्रिपरिषद विस्तारका लागि पार्टी भित्र छलफल भइरहेको भन्दै प्रदेश सरकारले धनकुटामा शिक्षण अस्पताल बनाउने बताए । उनले धनकुटामा प्रदेशस्तरीय शिक्षण अस्पताल बनाउन विज्ञ टोली समेत गठन गरिएको र त्यसलाई सम्भाव्यता अध्ययन गर्नै जिम्मा समेत दिइसकेको प्रस्ट पारे मन्त्री घिमिरेले प्रदेश सरकारले सडक मानवमुक्त प्रदेश बनाउने तयारी गरिरहेको बताए। त्यसका लागि प्रदेशमा सडकमा बस्ने कति मानिस छन् भनेर अध्ययन भइरहेको उल्लेख गरे । कुन मन्त्रालयमा के भएको छ भनी थाहा नभएको बताउँदै उनले सामाजिक विकास मन्त्रालयअन्तर्गतको काम तीव्र भइरहेको दाबी गरे।े शिक्षामा ऐन नबन्दा समस्या भएकाले ऐन बनेपछि सबै समस्या समाधान हुने पनि प्रस्ट पारे प्रदेश सरकारले शिक्षा निर्देशनालय कार्यालय स्थापना गरे पनि निर्देशन दिने निकाय नभएकाले त्यसको प्रभावकारिता नदेखिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रदेश सरकार मातहत हुनुपर्ने कुरामा जोड दिए । उनले प्रदेश १ का हरेक जिल्ला अस्पतालमा चिकित्सकको अभाव भएकाले प्रदेश सरकारले करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको बताए । उनले प्रदेशमा रहेका कर्मचारी संघीय सरकारले विभिन्न बहानामा केन्द्रमा तानेको भन्दै कर्मचारीले पनि प्रदेश सरकारलाई कुनै जानकारी नगराई जाने गरेकाले कर्मचारीको समस्या रहेको उल्लेख गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button