महोत्तरीमा विद्युत् चुहावट गर्ने पक्राउ



नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र महोत्तरी जलेश्वरले विद्युत् चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ ।
केही समय यता जिल्लामा चुहावट बढेपछी नेपाल विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले चुहावट नियन्त्रण अभियाननै चलाएको छ । विद्युत कार्यालयले चुहावट नियन्त्रणका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीको सहयोगमा १४ जनालाई पक्राउ गरेको हो ।
टोलीले महोत्तरीको बिभिन्न स्थानबाट तीन थान पानी तान्ने मोटर, एलएडी टिभी एक थान, रेफ्रिजरेटर एक थान र तार १५० मिटरसमेत बरामद गरेको जनाएको छ । विद्युत् चुहावट गरी पक्राउ परेकाहरु लाई जरिवाना गरी छाडिने विद्युत् प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button