प्रदेश प्रमुख यादव सम्मानित



राम भरोसी यादब


प्रदेश नं. ५ का प्रमुख धर्मनाथ यादवले ठाउँमा नपुग्दासम्ममात्र मानिसहरु इमान्दार रहने गरेको बताएको छ । उनकै सम्मानमा गृहजिल्ला सिरहाको गोलबजारमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै धेरैमानिस लाभको पदमा पुगेपछि अकुत सम्पती कमाएको देखेको बताउँदै आफूलाई बेला बेलामा सचेत गराउन आव्हान गरे ।
उनले ‘धन देखेपछि महादेवको पनि तीन तेत्र’ भन्ने आहान सुनाउँर्दै आफूले गरेको राजनीतिक विचार र नैतिकताप्रति बफादार रहने प्रतिवद्धताव्यक्त गरे । ७६ वर्षिय नवन्यूक्त प्रदेश प्रमुख यादवले भने, ‘म पनि मानिस हुँ, मेरो पनि मन छ, मनले कुनैपनि बेला मानिसलाई बहकाउन सक्छ, त्यसैले तपाईहरुले मलाई जहिल्यै सचेत गराउनु होला ।
लाभको पदमा अहिलेसम्म नपुगेकैले आफ्नो छवि सफा देखिनुको बताउँदै प्रदेश प्रमुख यादवलेभने, ‘मैले धेरै नेता कार्यकर्तालाई देखेको छु, उनीहरु जति इमान्दार र नैतिकबान देखिनुहुन्थ्यो, लाभको पदमा पुगेपछि उनीहरुको बर्ग नै परिवर्तन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button