पचास बढि चियाको स्वाद दाङमै



दीपक जीएम


दाङ, कार्तिक १ । दाङको बजारमा पनि अब नयाँ प्रकारको व्यापार व्यवसाय सुरु भएको छ । बदलियो समय र मागमा आधारित भएर दाङको बजारमा सञ्चालन हुने थालेका व्यवसायले जिल्लाको विकासमा टेवा पु¥याएको संकेत गरेको छ । यसैक्रममा चियाका पारखीहरुलाई केन्द्रमा राखेर चिया पसल सञ्चालन हुन थालेको छ । सामान्य लगानी र सामान्य व्यवस्थापन भन्दा अलि माथि उठेर ठुलै लगानीमा व्यवस्थित रुपमा चिया पसल सञ्चालन भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ काठेकोहोल चौकमा रहेको गणतन्त्र दैनिकको कार्यालय छेउमा किट्ली टि टाउनमा अब ५० भन्दा बढि चिया पिउन पाईने भएको छ । स्थानीय देखि अन्र्तराष्ट्रिय बजारमा चर्चित मानिएका चियाहरु अब एउटै ठाउँमा पाईने गरी किट्ली टि टाउन सञ्चालनमा ल्याएको अनु क्षेत्रीले बताउनुभयो । ‘संसारमा पिय पदार्थहरु मध्य पानी पछि सबै भन्दा बढि चिया पिउने गरेको अध्ययनले देखाएको छ ।’ सञ्चालक क्षेत्रीले भन्नुभयो, ‘नेपालमा पनि लामो समयदेखि चिया खाने प्रचलन सुरु भएको छ, र अहिले चिया मानिसको जीवनको अभिन्न अंगको रुपमा हेर्न थालिएको छ ।’ नेपालका विभिन्न स्थानमा पाईने चिया र अन्र्तराष्ट्रिय बजारमा पाईने चियाहरु अब किट्ली टि टाउनमा पाउन सकिने उहाँले बताउनुभयो ।

करिव १० लाख रुपैयाको लगानीमा सञ्चालन गरिएको किट्ली टि टाउनमा स्थानीय चियाहरु समेत पाईने उहाँले बताउनुभयो । गाउँघरमा पाईने विभिन्न जडिबुटीका चियाहरु देखि दाङमा पाईने सामान्य चिया र नेपालका विभिन्न स्थानमा पाईने चियाहरु समेत किट्ली टि टाउनमा विक्रि वितरण हुने अर्की सञ्चालिका हिमानी डिसीले बताउनुभयो । ‘दाङमा अहिलेसम्म सामान्य रुपमा मात्रे चिया पिउने गरेको पाईन्छ, अहिले चियासँग मानिसको स्वास्थ्य र प्रतिष्ठा समेत जोडेर हेर्ने गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘एउटै पसलमा ५० भन्दा बढि प्रकारका चियाहरु पाउने ठाउँ बनेको छ, शरिरको स्वास्थ्यलाई ख्याल गरेर चिया पिलाउने बाताबरण बनाएका छौँ ।’

चिया मानव शरिरको लागि फाईदाजनक पिय पदार्थ हो । तर प्राय मानिसहरुले चियाले पेटलाई समस्या गर्छ भन्ने तरिकाले बुझ्ने गरेको उहाँको भनाई छ । ‘चिया भनेको मान्छेको मुड अनुसार खाने कुरा हो । चिया खानका लागि मात्र खाने कुरा होईन, यसले शरिरलाई ताजापन दिन्छ, स्फुर्ती बढाउछ ।’ सञ्चालक क्षेत्रीले भन्नुभयो, ‘चियाले सम्बन्ध बढाउने देखि सिर्जनशीलता समेत बढाउने गरेको अध्ययनले देखाउछ, हामीलाई थाहा छ, अक्सर गहिरो अध्ययन गर्ने, लेख्नेहरुले चिया बढि खाने गर्छन् ।’ जिल्लाको विकासमा एउटा सानो गति दिनको लागि समेत फरक खालको व्यवसाय सञ्चालन गरेको क्षेत्रीको भनाई छ । ‘जिल्लामा पहिलो पहिलो भएका कारण सञ्चालनमा समस्या हुन्छ भन्ने बुझाई पनि छ तर त्यसो हैन, एकै ठाउँमा ५० बढि चियाहरु पाउने ठाउँ सबैको आकर्षणको केन्द्र बन्छ भन्ने आसा छ ।’

यसैविच किट्ली टि टाउनको सोमबार आज उद्घाटन हुने भएको छ । विहान ९ बजे किट्ली टि टाउनमै एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गर्न थालिएको सञ्चालक डिसीले बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई बोलाईएको भन्दै उहाँले उद्घाटन कार्यक्रममा सहभागी हुनको लागी सबैलाई आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button