समातिएका हतियार आफ्नो नभएको विप्लव समूहको दाबी



प्रदेश सम्वाददाता
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले कपिलवस्तुबाट बरामद गरिएका हतियार आफ्नो नभएको दाबी गरेको छ ।


विप्लवका राप्ती ब्युरो इञ्चार्ज ‘समर’को नामबाट आइतबार जारी गरिएको विज्ञप्तिमा सो दाबी गरिएको हो। विज्ञप्तिमा हतियार प्रहरी आफैंले राखेर पार्टीलाई दमन गर्ने षड्यन्त्र गरिएको उल्लेख गरीएको छ ।

‘नेकपामाथि दमन गर्ने योजनामा प्रहरी आफैंले हतियार राखेर भ्रमपूर्ण प्रचार गराइएको कुरा स्पष्ट पार्न चाहन्छौं,’ समरले विज्ञप्तिमा भनेका छन्। उनले सरकारले नियोजित, कपोलकल्पित र भ्रमपूर्ण प्रचार सम्प्रेशन गराइएको दाबी गरेका छन्।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, जिल्ला प्रहरी कार्यालय घोराही र ईलाका प्रहरी कार्यालय गढवाको विशेष टोलीले गोप्य सूचनाको आधारमा सिमाना क्षेत्रमा खोज्दै जाँदा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ बाट ५ थान एसएमजी, त्यसमा लाग्ने १३ थान म्यागजिन र ३९० थान गोली बरामद गरेको थियो।
प्रहरीले ती हतियार र गोली विप्लव समूहको भएको दाबीका साथ पत्रकार सम्मेलन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button