देशको समुचित विकासमा स्वतन्त्र प्रेसले महत्वपूर्ण भूमिका खेलेको पुर्ब राष्ट्रपतीको भनाई



प्रदेश सम्वाददाता
पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रेस लोकतन्त्रको अक्सिजन भएको बताएका छन् । आईतवार नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको नवनिर्मित भवनको प्रथम तल्लाको उद्घाटन गर्दै उनले जुन देशको प्रेस बलियो र स्वतन्त्र हुन्छ त्यहाँको लोकतन्त्र पनी बलियो हुने बताए ।
यादबले देशको समुचित विकासमा स्वतन्त्र प्रेसले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुनाले प्रेसलाई कुनै पनि देशले सङ्कुचन गर्न नहुने जिकिर गरे देश, समाज तथा जनताको चौतर्फी विकासका लागि प्रेस स्वतन्त्रतालाई प्रोत्साहन गर्नुपर्ने धारणा उनको छ।
प्रेस सङ्कुचनमा परे लोकतन्त्र धरापमा पर्ने भन्दै लोकतन्त्र धरापमा परे जनताले दुःख पाउने र विकासका सारा बाटा बन्द हुने उल्लेख गर्दैे देश र जनताका भलाइ समुचित विकासका लागि देशमा पूर्ण स्वतन्त्रतासहितको प्रेसको विकल्प नरहेको यादबको भनाई छ ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपालमा तीनै तहका सरकारले प्रेसलाई सङ्कुचनमा पार्न खोजेको आरोप लगाए । त्यस्तै सम्बोधनकै क्रममा प्रदेश नं २ का पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र चौहानले नेपालमा प्रेस चौथो अङ्ग भएर पनि स्वतन्त्र नरहेको तथा सधैँ आफ्नो अस्तित्वकै लागि सरकारसँग लडाइ लडिरहेको बताए ।


कूल रु ३६ लाख ५३ हजार लागतमा बनेको महासङ्घको प्रथम तल्लाको भबनको भएको सो उद्घाटन कार्यक्रम महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button