मध्य रातमा बर्दिवासकोे नापी कार्यलयको कागज पत्र ल्याईयो

प्रदेश सम्वाददाता
बर्दिवास कार्तिक ३०,
सेवाग्राहीलाई छिटो छरीतो र सर्ब सुलभ किसिमले सेवा प्रदान गर्ने उदेश्य सहित महोत्तरीको बर्दिवास नगरपालिका १ मा रहेको नापी कार्यालयको कागजपत्र शुक्रवार मध्य रातमा बर्दिवासकोे नापी कार्यलयमा ल्याईएको छ । केहि दिन अघि बसेको उद्योग बाण्ज्यि संघ बर्दिवास, बर्दिवास नगरपालिका, जलेश्वर उद्योग बाण्ज्यि संघ, जलेश्वर नगरपालिका, जिल्ला प्रसासन कार्यालय महोत्तरी लगायतका बिभिन्न संघ संस्थाको संयुक्त बैठकले बर्दिवासको नापी कार्यालयको सम्पुर्ण कागजपत्र बर्दिवासकै कार्यालयमा ल्याउने निर्णय गरेपछी सोही संघ संस्थाहरुको पहलमा शुक्रवार मध्य रातमा नापी कार्यालयको कागज पत्र बर्दिवास ल्याईएको बर्दिवास उद्योग बाण्ज्यि संघका
अध्यक्ष प्रलाद कुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार जलेश्वरमा रहेको नापी कार्यालय बाट बर्दिवासको कार्यालयलाइ आवश्यक पर्ने सम्पुर्ण कागज पत्र बर्दिवासको कार्यालयमा ल्याईएकाले आईतवार देखी कार्यालयको सम्पुर्ण कामकाज बर्दिवाबाटै हुनेछ । सदर मुकामको नापी कार्यालयको शाखा बर्दिवासमा आएको बषौ बिती सक्दा पनी सदरमुकाम जलेश्वरका स्थानिय बासीले कागजपत्र ल्याउन नदिएपछी कार्यालय को कामकाज महोत्तरी सदरमुकाम जलेश्रमै गएर गराउनु पर्ने बाध्यता सेवा ग्राहीको रहेको थियो ।