कांग्रेस उपसभापति निधि जनकपुर आउँदै

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि आज गृहनगर जनकपुर आउँदैछन्।
कोरोना महामारी सुरु भएपछि गृहनगर नआएकाे धेरै समय भएकाले उनी आज करिब १० महिनापछि जनकपुर आउन लागेका हुन् ।
सडक मार्ग भएर आउन लागेका कांग्रेस उपसभापति निधिलाई महोत्तरीको बर्दिवासमा कांग्रेस नेता कार्यकर्ताहरूले स्वागत गर्ने कार्यक्रम समेत तया भएकाे छ ।
जनकपुरमा उनले सहिद सत्यनारायण पाठकको शालिक अनावरण गर्ने कार्यक्रम रहेकाे छ।
विद्यार्थी राजनीतिमा सक्रिय भएकाे बेला २०४६ सालमा जनआन्दोलनका क्रममा गोली लागेर पाककाे मृत्यु भएको थियो।