पार्टी आधिकारिकता विवाद बारे निर्वाचन आयोगको छानबिन प्रक्रिया सुरु




संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकताविवादमानिर्वाचनआयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ ।


पत्रमा प्रचण्डलाई सातदिने समय सीमा दिइएको छ भने केपी ओलीलाई कुनै समय सीमा नतोकी जानकारी मात्र दिइएको छ ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो ।

आयोगका पवक्ता राजकुमार श्रेष्ठले प्रचण्ड पक्षलाई पठाएको पत्रमा राजनीतिकदलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आएमात्र परिच्छेद –९ अनुसार कारबाही गर्न सकिने जानकारी गराइएको बताउनु भयो ।

उहाँले प्रक्रिया प्रारम्भ गर्ने सम्बन्धमा ७ दिन भित्र आयोगलाई जवाफ दिएर सहयोग गर्न भनिएको पनि बताउनुभयो । ओलीलाई पठाइएको पत्रमा भने राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको पवक्ता श्रेष्ठले बताउनुभयो ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button