भारतीय विदेश सचिव आज नेपाल आउँदै




भारतकाविदेश सचिवहर्षवद्र्धन शृङ्गलादुई दिने औपचारिक भ्रमणका लागिआज नेपालआउँदै हुनुहुन्छ । उहाँ विशेष विमान मार्फ बिहान १० बजेपछि काठमाडौँ आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।


मन्त्रालकाप्रवक्ता, सहसचिव सेवालम्सालकाअनुसार परराष्ट्र सचिव भरतराजपौडेलेको निमन्त्रणमा उहाँनेपाल भ्रमणमा आउनलाग्नुभएको हो । विगतकाउच्चस्तरीय भ्रमणको निरन्तरताकै रुपमाहर्षवद्र्धनको भ्रमण रहेको प्रवक्तालम्सालले बताउनुभयो ।

भारतीयविदेश सचिवहर्षवद्र्धन दुई दिन नेपालमा रहनुहुनेछ । भ्रमणको पहिलो दिनआजदुई देशका सचिवबिचद्विपक्षीयवार्ता हुनेछ ।

यस्तै सहयोगकाविविध क्षेत्रबारे छलफलहुने प्रवक्तालम्सालले जानकारी दिनुभयो । नेपाल र भारतबिच सीमाविवादचर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमावार्ताको शृङ्खला सुरु भएको संकेतका रुपमाहर्षवद्र्धनको भ्रमणलाई लिन सकिने विश्लेषण भएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपाल–भारत दुवैले नयाँनक्साजारी गरेपछि उत्पन्न विवादपछि कूटनीतिक तहमाऔपचारिक भेट तथा छलफल हुनलागेको हो ।

भारतीयविदेशसचिवले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीसँग शिष्टाचार भेट गर्ने तयारी छ ।

उहाँले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काकार्यकारी अध्यक्षपुष्पकमलदाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँगपनि भेट गर्नुहुनेछ । उहाँभ्रमण सकेर शुक्रबार स्वदेश फर्किनुहुनेछ ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button