नेकपा स्थायी कमिटी बैठक बस्दै



मेरो प्रदेश सम्वाददता
काठमाडौ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बिहान ११ बजे बालुवाटारमा बस्दैछ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल सहितको २२ भदौको बैठकमा भएको सहमतिअनुसार स्थायी कमिटी बैठक आज बस्न लागेको हो।
दुवै अध्यक्षको बुधबार साढे ३ घण्टा छलफलपछी स्थायी कमिटी बैठकको एजेन्डा तय गरिसकेका छन्।


बैठकमा कार्यदलले दिएका सुझावलाई आधार बनाएर प्याकेजमा सहमति गर्ने गरी अध्यक्षद्वयले तयार गरेको प्रस्तावमा अध्ययन र सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई पठाइएको थियो।

प्रस्तावको बुँदाको पहिलो नम्बरमा पार्टी एकताको महत्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठन,र एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button