नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित गरेको नेकपाले शनिवार सचिवालय बैठक बोलाएको छ ।
दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आज बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो ।


सचिवालय बैठक शनिबार ३ बजेका लागि बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपाका दुवै अध्यक्षबीच एकअर्काको अडानमा अडिग देखिएपछि समस्या समाधान गर्न कठिनाई भएको छ । स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपा भित्रको अन्तरसंघर्ष पेचिलो बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button