सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बस्दै



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा समसामयिक विषयका मुद्दाहरु बारे छलफल भैरहेको छ ।


अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवादका विषयमा छलफल गर्न ६ महिना पछि सो बैठक बसेको हो ।  बैठकमा पार्टीभित्र संसदबाट उक्त सम्झौता पारित गर्न हुने वा नहुने विषयमा साझा धारणा बनाउन उक्त बैठक बोलाइएको हो ।

यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

त्यसैगरी बैठकमा हालै भएको नागकिरता सम्बन्धीे विवादका विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button