लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
लकडाउनको मोडालिटीबारे निर्णय गर्न आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनले जनजीवन प्रभावित पारेको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई दवाव बढेको छ । यद्यपि पछिल्लो समय तीव्र गतिमा कोरोना संक्रमतिको संख्या भने बढीरहेको छ ।


आज नै प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटीबारे तथा कोरोना रोकथामबारे छलफल गर्न विज्ञहरुलाई बोलाएका छन् । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button