मेरो प्रदेश सम्वाददाता
काठमाडौ
अर्थमन्त्री डा.युवराज खतिवडाले २०७७,७८को आर्थिक बजेट पेश गरेका छन । नयाँ बानेश्वरस्थित संसद भवनमा डा. खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७ ,७८ को बजेट पेश गरेका हुँन बजेटमा कोरोनालगायतको रोकथाम तथा उपचारको लागि औषधि, उपकरण र अन्य सेवा सुविधाका लागि ६ अर्ब बजेट व्यवस्था गरीएको छ ।
बजेटमा स्वास्थ्यकर्मीहरूका लागि प्रोत्साहन भत्तास्वरुप पाँच लाखसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरिनुका साथै नागरिकको स्वास्थ उपचार सहज बनाउन स्वास्थ्य बिमाका लागि सात अर्ब बजेट व्यवस्था गरीएको छ । खतिवडाले स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब विनियोजन गरीएकोे बताएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button