ठाकुरलाई अध्यक्ष बनाउने जनता समाजवादी पार्टीमा सहमती



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
वैशाख १० मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपाबीच एकीकरण भएर बनेको जनता समाजवादी पार्टीमा वरिष्ठ नेता महन्थ ठाकुरलाई अध्यक्ष बनाउने सहमती जुटेको छ ।


दुई पार्टी एकीकरण भएर नयाँ नाम जुराइएको यो दलमा पदीय भागबण्डा नमिल्दा एक महिनापछि मात्रै नेतृत्वको जिम्मेवारी टुंगो लागेको हो । कार्यकारी पदका लागि नेताबीच सहमती हुन नसक्दा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता समेत हुन सकेको थिएन ।

पछिल्लोपटक कार्यकारी पद कसले लिने भन्नेमा समाजवादीका केन्द्रीय कार्यकारणी समितिका अध्यक्ष उपेन्द्र यादव र राजपा नेता राजेन्द्र महतो बीचको टकराव बढेको थियो ।

राजपा केन्द्रीय कार्यालय बबरमहलमा हिजो बसेको दुवै पक्षका शीर्ष नेतृत्वबीचको छलफलमा यादव र अर्का नेता बाबुराम भट्टराईले ठाकुरको नेतृत्वमा केन्द्रीय कार्यसमिति गठनको प्रस्ताव गरेपछी केन्द्रीय कार्यसमितिको नेतृत्व ठाकुरले गर्नेमा समझदारी भए पनि केन्द्रीय कार्यकारणी पदाधिकारी र राजनीतिक समितिको नेतृत्वको विषय भने अझै नमिलेको नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button