सरकारको नीति तथा कार्यक्रम बहुमतद्धारा पारित



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।


मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७७,७८ को नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो ।

जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछी प्रतिपक्षी दलका सांसदले नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव राखेका थिए । संशोधन प्रस्ताव फिर्ता लिन सभामुख अग्नि सापकोटाले समय दिएका थिए ।

तर संशोधन प्रस्ताव फिर्ता नभए पनि उक्त प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रधानमन्त्री ओलीले पनि नीति तथा कार्यक्रम सर्वसम्मत बनाउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button