खुकुलो भएको लकडाउन कडा बनाउन प्रधानमन्त्री ओलीको निर्दैशन



मेरो प्रदेश सम्वाददाता
काठमाडौ


मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको संक्रमण बढीरहेको समयमा काठमाडौँमा लकडाउन खुकुलो बनाउने कुरा ठीक नभएको बताएका छन ।

ओलीले मानिसको जीवनभन्दा ठूलो अर्थतन्त्र नभएको भन्दै जोखिमलाई ध्यानमा राखेर खुकुलो भएको लकडाउनलाई कडा बनाउन निर्देशन दिएका छन् ।

सरकारले गत शुक्रबारदेखि ४२ उद्योगहरु खोल्न अनुमति दिएको थियो । निश्चित समय पसलहरु पनि खोल्न दिएकाले काठमाडौँमा भीड बढ्न थालेको छ ।

लकडाउन खुकुलो हुन नपाउँदै नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । मंगलबार मात्रै ५७ जना नयाँ संक्रमित फेला परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button