नेकपामा भयानक ‘भिडन्त’को संकेत, ओलीलाई साईजमा ल्याउने खेल



काठमाडौ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा धुव्रीकरण तीव्र भइरहँदा यसले पार्टी भित्र भयानक दुर्घटना निम्त्याउने संकेत गरेको छ ।


नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्डस वरिष्ठ नेता माधवकुमार नेपाल समूह जसरी पनि प्रधानमन्त्री ओलीलाई ‘साइज’मा ल्याउने खेलमा छन् भने ओली रक्षात्मक बनेका छन् ।

नेकपाभित्र धुव्रीकरण बढिरहँदा आइतबार नेता नेपालको काठमाडौंको कोटेश्वरस्थित घरमा गोप्य भेला भएको छ । असन्तुष्ट स्थायी समिति सदस्यहरुको उपस्थिति रहेको भेलामा ओलीविरुद्ध दुई तिहाई बहुमत रहेको दाबी गरिएको छ ।

भेलाले ओलीले पार्टी र सरकार सञ्चालनमा असफल भएको निष्कर्ष निकाल्दै उनलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । ओलीलाई पार्टी अध्यक्षबाट समेत हटाउने रणनीतिमा प्रचण्ड(नेपाल समूह छ ।

प्रधानमन्त्री ओलीलाई तत्काल निकास दिन आग्रह गर्ने निष्कर्ष निकाल्दै भेलाले ओलीले अस्वीकार गरे प्रचण्डले बैठक बोलाउनुपर्ने छलफल भएको बताइएको छ । ओलीलाई स्थायी समिति बैठक बोलाउन दुई या तीन दिनको अल्टिमटेम दिने निष्कर्ष पनि भेलाले निकालेको छ ।

प्रचण्ड(नेपालको पक्षमा सचिवालयका ९ जनामध्ये ६ जना उभिएका छन् । उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले ओलीलाई दह्रो रुपमा साथ दिएका छन् भने अर्का सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा मौन छन् । स्थायी समितिमा पनि आफ्नो दुई तिहाई बहुमत रहेको भन्दै प्रचण्ड(नेपाल हौसिएका छन् ।

‘पर्ख र हेर’मा रहेका प्रधानमन्त्री ओलीले असन्तुष्ट नेताहरुसँग परामर्श गर्न उपप्रधानमन्त्री पोखरेललाई खटाएका छन् । ओली पनि निरन्तर परामर्श र छलफलमै छन् । यसैगरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि काठमाडौंमा रहेर सहजीकरण गरिरहेका छन् ।

यता, नेकपाका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले ट्वीट गर्दै कडा जबाफ दिएका छन् । उनले लेखेका छन् – ‘हङ्ग पार्लियामेन्ट भयो भनी नेपाली जनताले दुई तिहाईमा नेकपालाई जिताइदिए, हङ्ग पार्टी पो भएछ ! भागबण्डाको दुष्परिणाम, जनमतको घोर अपमान। पार्टी एकताका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरूको पराकाष्ठा। सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध जारी चलखेल ! लज्जाशरणम् !’ साभार दैनिक नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button