समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकाएक एकताको सहमति



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
राजपा फुटाउन सरकारले अध्यादेश ल्याएको अनुमान भइरहेका बेला समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकाएक एकताको सहमति भएको छ । दुईपार्टीबीच बुधवार मध्यरातमा एकताको सहमती भएको हो । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी” रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ ।


चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा भएकोे सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन । लामो समयपछि एकता भएको र सरकारले ल्याएको अध्यादेशलाई चुनौती दिन हिजो नै गरिएको राजपाका अध्यक्ष मंडलका अध्यक्ष नेता महेन्दराय यादवले बताए अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन । राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन ।

संघीय समाजवादीले यसअघि आफ्ना सांसद सुरेन्द यादवलाई अपहरण शैलीमा काठमाण्डु ल्याइएको आरोप लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button