सङ्कटको परिस्थितिमा पार्टी एकतालाई मजबुत बनाउँदै अघि बढ्ने नेकपाको निर्णय



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ अबेर सकिएको सत्तारुढ नेकपाको सचिवावलय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौताबारे आफूलाई जानकारी नभएको बताएका छन ।


स्वास्थ्य सेवा विभागका महानिर्देशकस्तरमा सम्झौता भएको कुरा आफूलाई थाहा नभएको उल्लेख गरेका छन । ओलीले कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको प्रयासबारे डेढ घन्टासम्म बैठकमा जानकारी गराएका थिए । उपप्रधानमन्त्री तथा कोभिड–१९ रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले अहिलेसम्म भएका कामको बारेमा बैठकमा जानकारी गराएको थिए ।

बैठकले बिश्वब्यापीरुपमै फैलिएको कोरोना भाईरसको सङ्कटकालिन परिस्थितिमा पार्टी एकतालाई मजबुत बनाउँदै रणनीतिक रूपमा अघि बढ्ने निर्णय गरेको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आफ्नो विचार राख्दै कोभिड १९ को सङ्क्रमण रोक्न सरकारीस्तरबाट गरिएका काम सकारात्मक भए पनि अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button