कारोना भाईरस कोभिड १९ को परिक्षणको गति बढाउन काँग्रेसको माग



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको गति र मात्रा बढाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।


देशमा थप संक्रमण देखिएको र दोस्रो चरणमा पुगेको भन्दै काँग्रेसले कोभिड रोकथामका लागि सचेत हुनुपर्ने जनाएको छ ।

काँग्रेसले बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइ गर्नुपर्नेमा जोड दिँदै रत्तिभर हेलचेक्राइ नगर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button