प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भेटवार्ता भएको छ ।


प्रधानमन्त्री निवास बालुवारमा भएको भेटमा चीनबाट खरिद गरिएको स्वास्थ उपकरण,
स्वास्थ्य सामाग्री र औषधीको बारेमा मिडियामा आएको चर्चाको विषय, कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको जिम्मेवारी र कामका विषयमा कुराकानी भएको थियो ।

त्यस्तै, भेटमा लकडाउनका कारण मजदुर र विपन्न वर्गमा परेको समस्या तथा दार्चुलामा अलपत्र परेका नेपालीहरुको विषयमा पनि छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button