मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।


विवेकशील नेपाली दलका नेता तथा वागमती प्रदेशसभा सदस्य रमेश पौडेलले आज मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुँन ।

स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै बजारको मुल्यभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको अभियोगमा पौडेलले अख्तियारमा उजुरी दिएका हुँन ।

विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने गुणस्तरहिन खालका ¥यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्दै उजुरी दिएका छन ।

पौडेलले अख्तियारको वेबसाइटमार्फत उजुरी दिएको बताईएको छ । सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थान ¥यापिड टेस्टिङ किट अहिले गोदाममा थन्किएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button